काठमाडौँ, ६ चैत । नेकपा एमालेको नेपाल–खनाल समूहका नेता योगेश भट्टराईले सप्तकोसीमा रहेको खुवालुङ ढुंगा नहटाउन आग्रह गरेका छन्।
उनले सप्तकोसीमा रहेको खुवालुङ ढुङ्गा किरात समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गाँसिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८ फागुनमा विराटनगरमा आयोजित समारोहमा मोटर बोट सञ्चालन गर्ने व्यवसायीको आग्रहमा खुवालुङलाई फुटाउन लागिएको बताएपछि विवाद सुरु भएको हो।
उनले सभामा त्यसका लागि बजेट विनियोजन भएको जानकारी दिएका थिए। ढुंगो फुटाएर मोटरबोट निर्बाध सञ्चालन गरिने बताएका थिए।
नेता भट्टराईले फेसबुकमा यस्तो लेखेका छन्, ‘यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको विकास गरौ। नहटाउ, इतिहास र संस्कृतिप्रति सम्मान प्रकट गरौ।’




