काठमाडौँ, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले आफू फेरि एक पटक क्रान्तिमा जाने बताएका छन् । बिहीबार पेरिसडाँडा माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा अध्यक्ष प्रचण्डले उमेर ढल्किदै गए पनि प्रतिक्रियावादी विचार विरुद्ध आफू चुप लागेर नबस्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले भने, जतिबेला मैले जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ । अहिले ३३ ६७ वर्ष पुगेँ । तर उमेरले कति साथ दिन्छ छोड्नुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन । ‘माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । फेरि एक पटक क्रान्तिमा जान्छु। म छोड्वाला छैन्। एउटा क्रान्ति जितेँ अब अर्को क्रान्ति जित्ने छु।’
उनले आफ्नो गल्ति स्वीकार गर्दै अबको २ ४ वर्ष काठमाडौँ भन्दा बाहिर पार्टी अभियानसँगै जनतासँग बिताउने बताएका छन् ।
अध्यक्ष प्रचण्डले भन, ‘म फेरि २ ४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु । किनभने प्रतिक्रियावादी विचारकोविरुद्ध युद्ध गरिहेका छौँ । हामीले आफ्नै धर्तीमा टेकेर मात्रै प्रतिक्रियावादी सोचलाई परास्त गर्न सकिन्छ । बाहिरी शक्तिहरु निकै ठूलो षड्यन्त्र गरिरहेका छन्। हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन् ।’




