काँस्की, २७ फागुन । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले आफूहरु अब नेकपा (माओवादी केन्दू) मा नफर्किने र अब नेकपा (एमाले) मा नै रहने जनाएको छ । बिहीबार एमाले काँस्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अब सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने जनाएको छ । उर्जामन्त्री रायमाझीले भने, ‘हामी पदको लागि दौडिने नेता होईन, सांसद पद गए जाओस, अब केपी ओलीको साथ छोडिन्न ।”
माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु पदको लागि दौडिने व्यक्ति नभएकोले सांसद पद गएपनि केपी ओलीकै साथमा रहने बताएका छन् । फरक प्रसँगमा उनले एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाललाई मन नबिगारे पार्टीमा फर्किन आग्रह पनि गरेका छन् ।




