रुपन्देहीबाट सिमेन्ट लोड गरी काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक गएराति करिव एक बजेतिर त्रिशुली नदी किनारमा खसेको थियो।

दुर्घटना परी चालक र सवारी धनी समेत रहेका सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका चालक काभ्रे बनेपा नगरपालिका नालाका विष्णु घिमिरे र सहचालक एवं गाडीधनी सुमन सञ्जेलको ट्रकको क्याबिनमा थिचिएर मृत्यु भएको छ।

ट्रकको क्याविनमा थिचिएको अवस्थामा रहेको उनीहरुको शव निकाल्न शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलाई ३ घण्टाभन्दा बढी समय लागेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

दुर्घटनामा परेको ट्रक पृथ्वीराजमार्गबाट ३० मिटर तल त्रिशुली नदीको किनारमा खसेको थियो।

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

" /> त्रिशुलीमा ट्रक खस्दा २ को मृत्यु - Sarbocha Media

त्रिशुलीमा ट्रक खस्दा २ को मृत्यु

`

     २०७७ फाल्गुन २५ गते ८:४८

धादिङ, २५ फागुन । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित तिक्राङखानीबाट त्रिशुली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ।

रुपन्देहीबाट सिमेन्ट लोड गरी काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक गएराति करिव एक बजेतिर त्रिशुली नदी किनारमा खसेको थियो।

दुर्घटना परी चालक र सवारी धनी समेत रहेका सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका चालक काभ्रे बनेपा नगरपालिका नालाका विष्णु घिमिरे र सहचालक एवं गाडीधनी सुमन सञ्जेलको ट्रकको क्याबिनमा थिचिएर मृत्यु भएको छ।

ट्रकको क्याविनमा थिचिएको अवस्थामा रहेको उनीहरुको शव निकाल्न शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलाई ३ घण्टाभन्दा बढी समय लागेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

दुर्घटनामा परेको ट्रक पृथ्वीराजमार्गबाट ३० मिटर तल त्रिशुली नदीको किनारमा खसेको थियो।

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?