अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतबार अमर्यादित गतिविधि भएको दाबी गरेका छन् ।

सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाएका छन् । उनले अध्यादेश फेल गराउन पनि चुनौती दिए ।

यसैबीच ओलीले सर्वोच्च अदालतले आइतबार कसको पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने पनि बताएका छन् ।

आइतबार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो ? भनेर प्रश्न गर्नुभएको थियो, रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतबार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो ? भनेर उल्टै प्रश्न सोधेका छन ।

" /> संसद्को पहिलो बैठकमा नै संसद् भवनलाई धामी झाँक्री नाच्ने थलो बनाई दिए : प्रधानमन्त्री ओली - Sarbocha Media

संसद्को पहिलो बैठकमा नै संसद् भवनलाई धामी झाँक्री नाच्ने थलो बनाई दिए : प्रधानमन्त्री ओली

`

     २०७७ फाल्गुन २४ गते ९:४९

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतबार अमर्यादित गतिविधि भएको दाबी गरेका छन् ।

सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाएका छन् । उनले अध्यादेश फेल गराउन पनि चुनौती दिए ।

यसैबीच ओलीले सर्वोच्च अदालतले आइतबार कसको पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने पनि बताएका छन् ।

आइतबार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो ? भनेर प्रश्न गर्नुभएको थियो, रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतबार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो ? भनेर उल्टै प्रश्न सोधेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?