काठमाडौँ, २४ फागुन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोलामा १ सयले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यस्तै तेजाबी सुन पनि तोलामा १०० रूपैयाँले नै बढेर ८५ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
योसँगै चाँदीको पनि भाउ प्रतितोलामा १५ रूपैयाँले बढेर प्रतितोलामा १ हजार २ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




