उनलाई प्रहरीले शनिबार राति वीरेन्द्रनगर–६ को एक ग्यारेज खानतलासी गर्दा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी रामकुमार घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनले हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि पक्राउ गरिएको थियो । उनको साथबाट ७० थान छर्रा गोली पनि बरामद गरीएको छ ।

उक्त पेस्तोल कहाँबाट ल्याइएको हो भन्ने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेकाले थप विवरण खुल्न नसकेको डीएसपी घर्तीले बताए ।

" /> पेस्तोलसहित भारतीय एकजना पक्राउ - Sarbocha Media

पेस्तोलसहित भारतीय एकजना पक्राउ

`

     २०७७ फाल्गुन २३ गते ११:२५

सुर्खेत, २३ फागुन । सुर्खेतको वीरेन्द्रनगरबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६, शनिहल बस्दै आएका ३० वर्षीय भारतीय नागरिक साजित अली इद्रिश रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले शनिबार राति वीरेन्द्रनगर–६ को एक ग्यारेज खानतलासी गर्दा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी रामकुमार घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनले हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि पक्राउ गरिएको थियो । उनको साथबाट ७० थान छर्रा गोली पनि बरामद गरीएको छ ।

उक्त पेस्तोल कहाँबाट ल्याइएको हो भन्ने अझै खुल्न सकेको छैन । अनुसन्धान जारी नै रहेकाले थप विवरण खुल्न नसकेको डीएसपी घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?