काठमाडौँ, २३ फागुन । नेकपाको प्रचण्ड–माधव पक्षले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।
प्रचण्ड–माधव पक्षले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको दावी गरेको थियो ।
सो बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् ।
महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।




