राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासँग सम्बन्धित सामरिक तहका विषयहरू अध्ययन, अनुसन्धान र विस्तार कार्यलाई बढावा दिन २ जनालाई विद्यावारिधिमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले ०७७ फागुन १४ गते सूचना प्रकाशित गरी विद्यावारिधिका लागि आवेदन माग गरेको कार्यक्रमअन्तर्गत रहने गरी सेनाले छात्रवृत्ति दिन लागेको हो । छात्रवृत्ति नेपाली सेनाबाट अवकाशप्राप्त, बहालवाला १ सैनिक र आश्रित हिताधिकारीमध्ये १ जनालाई उपलब्ध गराउन लागिएको जनाइएको छ ।

छात्रवृत्ति कार्यक्रममा सरिक हुन चाहेन योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई चैत्र ७ गतेभित्र सूचनामा उल्लेखित ठेगानामा सम्पर्क गरी आवेदन दिन अनुरोध गरिएको छ ।

विद्यावारिधिका लागि कन्फ्रिल्ट, पिस एण्ड डेभलपमेन्ट, इन्टरनेशनल रिलेसन एण्ड डिप्लोमयासी, मिलिटरी हिस्टोरी र डिफेन्स स्ट्राटेजी विषय तोकिएको छ । आवश्यकता अनुरुप विषयहरु थपघट हुन सक्ने पनि जनाइएको छ ।

" /> नेपाली सेनाले पीएचडीका लागि छात्रवृत्ति उपलब्ध गराउने (सूचनासहित हेर्नुहोस् ) - Sarbocha Media

नेपाली सेनाले पीएचडीका लागि छात्रवृत्ति उपलब्ध गराउने (सूचनासहित हेर्नुहोस् )

`

     २०७७ फाल्गुन २१ गते १२:२७

काठमाडौँ, २१ फागुन । नेपाली सेनाले विद्यावारिधि (पीएचडी) का लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासँग सम्बन्धित सामरिक तहका विषयहरू अध्ययन, अनुसन्धान र विस्तार कार्यलाई बढावा दिन २ जनालाई विद्यावारिधिमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले ०७७ फागुन १४ गते सूचना प्रकाशित गरी विद्यावारिधिका लागि आवेदन माग गरेको कार्यक्रमअन्तर्गत रहने गरी सेनाले छात्रवृत्ति दिन लागेको हो । छात्रवृत्ति नेपाली सेनाबाट अवकाशप्राप्त, बहालवाला १ सैनिक र आश्रित हिताधिकारीमध्ये १ जनालाई उपलब्ध गराउन लागिएको जनाइएको छ ।

छात्रवृत्ति कार्यक्रममा सरिक हुन चाहेन योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई चैत्र ७ गतेभित्र सूचनामा उल्लेखित ठेगानामा सम्पर्क गरी आवेदन दिन अनुरोध गरिएको छ ।

विद्यावारिधिका लागि कन्फ्रिल्ट, पिस एण्ड डेभलपमेन्ट, इन्टरनेशनल रिलेसन एण्ड डिप्लोमयासी, मिलिटरी हिस्टोरी र डिफेन्स स्ट्राटेजी विषय तोकिएको छ । आवश्यकता अनुरुप विषयहरु थपघट हुन सक्ने पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?