काठमाडौँ, २१ फागुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ । योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ७ सय ६६ पुगेको छ ।
२४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १० रहेको छ ।




