काठमाडौँ, २१ फागुन। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको भाउ हप्ताको अन्तिम दिन पनि प्रतितोलामा ९ सयले लागेको छ ।
स्थानीय बजारमा आज छापावाला सुन ९ सयले घटेर प्रतितोलामा ८५ हजार ६ सयमा भाउ कायम रहेको छ । छापावाला सुन बिहीबार प्रतितोलामा ८६ हजार ५ सयमा भाउ कायम रहेको थियो ।त्यसै गरी तेजाबी सुन प्रतितोलाको ८५ हजार १ सय ५० मा कारोबार भई रहेको जनाएको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोलामा ३५ रूपयाँले घटेको छ । बिहीबार प्रतितोलामा १ हजार २ सय ८५ मा कारोबार भएको चाँदी आज भने १ हजार २ सय ५० मा कारोबार भई रहेको महासङ्घले जनाएको छ ।




