एजेन्सी, २० फागुन । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी पुगेको छ ।
दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३००/४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो ।
तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । उक्त दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रमित भएका थिए ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप ७ व्यक्तिको मृत्यु भएसँगै यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेका छन् ।
गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जनाएको छ ।




