काठमाडौँ, २० फागुन । नेपाल प्रहरीको रासनभत्ता ३३ प्रतिशत बढाउन गृहले पठायो अर्थमा प्रस्ताव
प्रहरीको रासनभत्ता बढाउन गृह मन्त्रालयले अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । रासनभत्ता पुनरावलोकन समितिको सिफारिसका आधारमा तत्काल रासनभत्ता ३३ प्रतिशत बढाउन सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
पछिल्लो ६ वर्षदेखि प्रहरीको रासनभत्ता बढेको छैन । यो अवधिमा ३३ प्रतिशत मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकका आधारमा तत्काल वृद्धि गर्न लागिएको छ ।
अर्को आर्थिक वर्षदेखि भने जिल्लाको महँगीअनुसार रासनभत्ता दिन सिफारिस गरिएको बताएको छ ।




