काठमाडौँ, १८ फागुन। महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपाली सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।




