चिनियाँ सरकारको सहयोगमा बन्ने नेपाल–चीन औद्योगिक पार्कको आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा शिलान्यास गर्दैछन् ।

झापा दमक नगरपालिका, कमला गाउँपालिका र गौरादह नगरपालिकाको संगम स्थल झर्कामा निर्माण हुन लागेको उक्त पार्क १ हजार ३ सय बिघा क्षेत्रफल रहने छ । जुन सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्र मध्येको सबैभन्दा ठूलो पार्क हो ।

सो पार्क निजी जग्गामा बन्नेछ । यसका लागि सरकारले निजी जग्गाको मुआब्जा वितरण गरि जग्गा अधिग्रहण गर्नेछ । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा भित्र पर्छ ।

" /> प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा ६४ अर्बको औद्योगिक पार्क, ओलीले शिलान्यास गर्दै - Sarbocha Media

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा ६४ अर्बको औद्योगिक पार्क, ओलीले शिलान्यास गर्दै

`

     २०७७ फाल्गुन १६ गते ७:२०

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा ६४ अर्ब रुपैयाँ बराबरको औद्योगिक पार्क बन्ने भएको छ ।

चिनियाँ सरकारको सहयोगमा बन्ने नेपाल–चीन औद्योगिक पार्कको आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा शिलान्यास गर्दैछन् ।

झापा दमक नगरपालिका, कमला गाउँपालिका र गौरादह नगरपालिकाको संगम स्थल झर्कामा निर्माण हुन लागेको उक्त पार्क १ हजार ३ सय बिघा क्षेत्रफल रहने छ । जुन सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्र मध्येको सबैभन्दा ठूलो पार्क हो ।

सो पार्क निजी जग्गामा बन्नेछ । यसका लागि सरकारले निजी जग्गाको मुआब्जा वितरण गरि जग्गा अधिग्रहण गर्नेछ । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा भित्र पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?