बैङ्किङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रुपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले झम्सीखेल ललितपुरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेका छन् ।

सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी लक्ष्मी बैङ्क लिमिटेड, शाखा कार्यालय हात्तीसार काठमाडौँमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरू दिएकोमा बैङ्किङ कसुर जन्य अपराध ठहर भएको थियो ।

सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको उक्त ब्युरोले जनाएको छ ।

" /> बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ - Sarbocha Media

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

`

     २०७७ फाल्गुन १४ गते ७:३३

काठमाडौँ, १४ फागुन । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–२२ पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बैङ्किङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रुपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले झम्सीखेल ललितपुरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेका छन् ।

सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी लक्ष्मी बैङ्क लिमिटेड, शाखा कार्यालय हात्तीसार काठमाडौँमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरू दिएकोमा बैङ्किङ कसुर जन्य अपराध ठहर भएको थियो ।

सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको उक्त ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?