काठमाडौँ, १२ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ सयले घटेको छ ।
प्रतितोला बराबर मङ्गलबार एकै दिनमा ११ सयले बढेको सुनको भाउ बुधबार ३ सयले घटेर छ। महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको जनाएको छ।
योसँगै चाँदी आज तोलामा रु १५ ले घटेको छ। १ हजार ३ सय ६० मा मङ्गलबार कारोवार भएको चाँदी बृुधबार भने १ हजार ३ सय ४५ मा मूल्य कायम रहेको जनाएको छ ।




