उनले भने, रक्सीले मलाई यस्तो अवस्थामा पुर्‍याएको र अहिले रिहाव सेन्टरमा बसेपछि धेरै कुरा सिकेँ । केही वर्ष अघि पनि मैले बाटो बिराएको थिए, अहिले पनि फेरी बाटो बिराए । मेरा गल्तीहरूलाई अब माफी गरिदिनुहोला । उनलाई रिहाव सेन्टरबाट निस्कँदा स्वागत गर्न शुभचिन्तक र सहयोगीहरू पुगेका थिए ।

बिबिसीमा प्रभावशाली विश्वका १०० महिलाका लिस्टमा परेकी सपना रोका मगरले दिएको उजुरीका कारण उनी प्रहरी हिरासतमा पुगेका हुन् । उनले सपनाका बारेमा अनावश्यक टिप्पणी गरेपछि उजुरी दिएकी थिइन् । सपनाको नाङ्गा तस्बिर आफ्नो मोबाइल र पेन ड्राइभमा रहेको भन्दै आवश्यक परे ती तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की समेत उनले दिएका थिए । युट्युबमै त्यस्ता अभिव्यक्ति सार्वजनिक भएपछि सपनाले उजुरी दिएकी थिइन् ।

सपना र विनयजंग केही समय सम्मसँगै बेवारिसे शव व्यवस्थापनको काममा लागेका थिए । विनयजंगसंग सम्बन्ध बिग्रिएपछि सपनाले छुट्टै संस्था दर्ता गरेर बेवारिसे शव व्यवस्थापनको काम थालेकी छन् । सपनाले छुट्टै काम गर्न थालेपछि विनय र सपनाबिच बिग्रिएको सम्बन्ध झन् खराब भएको थियो ।

" /> हिरासतबाट छुटेपछि दोस्रो जन्म पाएँ : बिनयजंग बस्नेतले - Sarbocha Media

हिरासतबाट छुटेपछि दोस्रो जन्म पाएँ : बिनयजंग बस्नेतले

`

     २०७७ फाल्गुन ०९ गते ९:४७

काठमाडौँ, ९ फागुन । विनयजंग बस्नेत प्रहरी हिरासतमा छन् । उनी करिब एक साता अघि प्रहरी हिरासतमा पुगेका हुन् । उनले आफूले बाटो बिराएको स्वीकार गरेका छन् । मैले फेरी एक पटक नयाँ जीवन पाए, उनले रिहाव सेन्टरबाट बाहिर निस्किएपछि दिएको अभिव्यक्ति अहिले सार्वजनिक भएको छ । बाटो बिराएँ सानो कुरालाई ठुलो रूप दिन हुन्न भन्ने कुरा सिके भनेर रिहाव सेन्टरबाट निस्केका विनयले फेरी सपनाका बारेमा नकारात्मक कुरा गरेका कारण प्रहरी हिरासतमा पुगेका थिए ।

उनले भने, रक्सीले मलाई यस्तो अवस्थामा पुर्‍याएको र अहिले रिहाव सेन्टरमा बसेपछि धेरै कुरा सिकेँ । केही वर्ष अघि पनि मैले बाटो बिराएको थिए, अहिले पनि फेरी बाटो बिराए । मेरा गल्तीहरूलाई अब माफी गरिदिनुहोला । उनलाई रिहाव सेन्टरबाट निस्कँदा स्वागत गर्न शुभचिन्तक र सहयोगीहरू पुगेका थिए ।

बिबिसीमा प्रभावशाली विश्वका १०० महिलाका लिस्टमा परेकी सपना रोका मगरले दिएको उजुरीका कारण उनी प्रहरी हिरासतमा पुगेका हुन् । उनले सपनाका बारेमा अनावश्यक टिप्पणी गरेपछि उजुरी दिएकी थिइन् । सपनाको नाङ्गा तस्बिर आफ्नो मोबाइल र पेन ड्राइभमा रहेको भन्दै आवश्यक परे ती तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की समेत उनले दिएका थिए । युट्युबमै त्यस्ता अभिव्यक्ति सार्वजनिक भएपछि सपनाले उजुरी दिएकी थिइन् ।

सपना र विनयजंग केही समय सम्मसँगै बेवारिसे शव व्यवस्थापनको काममा लागेका थिए । विनयजंगसंग सम्बन्ध बिग्रिएपछि सपनाले छुट्टै संस्था दर्ता गरेर बेवारिसे शव व्यवस्थापनको काम थालेकी छन् । सपनाले छुट्टै काम गर्न थालेपछि विनय र सपनाबिच बिग्रिएको सम्बन्ध झन् खराब भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?