काठमाडौँ, ९ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा हप्ताको पहिलो दिन सुनको भाउ प्रतितोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ ।
महासङ्घका अनुसार शुक्रबार प्रतितोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आइतबार रु ८९ हजारमा कायम हुन पुगेको छ ।
तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आईतबार रु ८८ हजार ५५० मा कारोवार भएको छ ।
योसँगै चाँदी तोलामा रु एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आईतबार प्र।ततोलामा रु २५ ले वृद्धि भएको हो ।




