बुटवल, ६ फागुन। रुपन्देहीमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तिलोत्तमा नगरपालिका–११ स्थित कुमारी चोकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको छ ।
बिहान ५ :३० बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर दिएको थियो । घाइते थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




