गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

उक्त आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका थिए । उनी जवाफ पेश गरेलगत्तै अदालतबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली अदालत आउने भएकाले अदालत परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

" /> लिखित जवाफ पेस गरेर प्रधानमन्त्री ओली अदालतबाट बाहिरिए - Sarbocha Media

लिखित जवाफ पेस गरेर प्रधानमन्त्री ओली अदालतबाट बाहिरिए

`

     २०७७ फाल्गुन ०६ गते ६:५२

काठमाडौँ, ६ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली जवाफ पेस गरेर बाहिरिएका छन् ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

उक्त आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर आज आफैं अदालत उपस्थित भएका थिए । उनी जवाफ पेश गरेलगत्तै अदालतबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली अदालत आउने भएकाले अदालत परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?