प्रधानमन्त्री ओली मध्यान्ह १२ बजे सर्वोच्चमा उपस्थित हुने बताइएको छ। सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सात दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन भनेको थियो।

प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझेका थिए। न्यायाधीश मनोज शर्माको एकल इजलासले माघ १५ गते प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएका थिए।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको थियो।

यसअघि चार पूर्व प्रधानन्यायाधीशले अदालतमा गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन्।

सर्वोच्चले पूर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

" /> अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा उपस्थित हुँदै - Sarbocha Media

अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा उपस्थित हुँदै

`

     २०७७ फाल्गुन ०६ गते ५:५६

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएको छ । अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली आफैँ अदालतमा उपस्थित हुन लागेका हुन्।

प्रधानमन्त्री ओली मध्यान्ह १२ बजे सर्वोच्चमा उपस्थित हुने बताइएको छ। सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सात दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन भनेको थियो।

प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझेका थिए। न्यायाधीश मनोज शर्माको एकल इजलासले माघ १५ गते प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएका थिए।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको थियो।

यसअघि चार पूर्व प्रधानन्यायाधीशले अदालतमा गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन्।

सर्वोच्चले पूर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?