स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी दिए ।फागुन ४ गतेसम्म २ लाख ८३ हजार जनालाई खोप लगाइएपनि कुनै साइड इफेक्ट नदेखिएको उनले जनाए ।

२४ घन्टामा देशभर १२५ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या अहिलेसम्म २ लाख ७३ हजार ७० पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्र ६० संक्रमित छन् । आजसम्म १ हजार ६ सय २१ सक्रिय संक्रमित रहेका छन् । २४ घन्टामा ९१ जना डिस्चार्ज भएका छन् । नेपालमा भाइरसबाट निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ । बेलायती भेरिएन्टको संक्रमण बढ्ने क्रममा रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

" /> सरकारले फागुन २३ बाट ६० वर्ष माथिका नागरीकलाई कोरोना खोप लगाइने - Sarbocha Media

सरकारले फागुन २३ बाट ६० वर्ष माथिका नागरीकलाई कोरोना खोप लगाइने

`

     २०७७ फाल्गुन ०५ गते १२:०६

काठमाडौँ, ५ फागुन। सरकारले फागुन २३ गतेदेखि ६० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी दिए ।फागुन ४ गतेसम्म २ लाख ८३ हजार जनालाई खोप लगाइएपनि कुनै साइड इफेक्ट नदेखिएको उनले जनाए ।

२४ घन्टामा देशभर १२५ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या अहिलेसम्म २ लाख ७३ हजार ७० पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्र ६० संक्रमित छन् । आजसम्म १ हजार ६ सय २१ सक्रिय संक्रमित रहेका छन् । २४ घन्टामा ९१ जना डिस्चार्ज भएका छन् । नेपालमा भाइरसबाट निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ । बेलायती भेरिएन्टको संक्रमण बढ्ने क्रममा रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?