काठमाडौँ, ५ फागुन । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मानसहित बिदाई गरेका छन् ।
प्रहरी चौकी, खोचलेकमा रहेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहितको टोलीलाई बुधबार सम्मानसहित बिदाई गरेका हुन् ।
घटना घटेको १३ औँ दिनपछि डिआइजीको सुवेदीको टोलीले अपराधीलाई पत्ता लगाउन सफल भएको छ। घटनामा डिआइजी सुवेदी आफैँ गएर अनुसन्धान गरेका थिए ।
डीएसपी सुवेदीसहितको टोली अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय, बैतडी आएको छ । बैतडीमा प्रकरणका आरोपी सनातन माविमा अध्ययनरत दिनेश भट्टलाई हिरासतमा राखिएको छ ।
बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी सार्वजनिक गरिने भएको छ ।




