उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘निषेध र आक्रमणको यो शैली सत्ता शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका थिए ।

" /> ओली सरकार पतन हुने दिन अब छिटै नजिकिँदै छ : गगन थापा - Sarbocha Media

ओली सरकार पतन हुने दिन अब छिटै नजिकिँदै छ : गगन थापा

`

     २०७७ फाल्गुन ०५ गते ५:४९

काठमाडौँ, ५ फागुन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बैतडीको डिलासैनीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा ओली पक्षका कार्यकर्ताले गरेको आक्रमणका निन्दा गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘निषेध र आक्रमणको यो शैली सत्ता शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?