काठमाडौँ, ४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ९ सय ४५ जना पुगेको छ।
यीमध्य सक्रिय संक्रमित १५ सय ८७ रहेका छन्। २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको बताएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ५५ जनाको मृत्यु भइसकेको छ।
पछिल्लोपटक ९९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६९ हजार तीन सय ३ जना संक्रमणमुक्त भएका छन्।
हाल क्वारेन्टाइनमा रहनेको संख्या ७४ छ। नेपालमा हालसम्म २१ लाख २३ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको जनाएको छ।




