झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते र कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले जानकारी दिए ।

प्रचण्डमाधव समूहका विद्यार्थीहरूले ओली समूहका विद्यार्थीहरुले आक्रमण गरेपछि घाइते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध नगराएको प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र शर्माले जानकारी दिए।

" /> आरआर क्याम्पसमा ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप - Sarbocha Media

आरआर क्याम्पसमा ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप

`

     २०७७ फाल्गुन ०४ गते १०:२६

काठमाडौँ, ४ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस ९आरआर० मा झडप भएको छ । आज सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा केपी ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते र कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले जानकारी दिए ।

प्रचण्डमाधव समूहका विद्यार्थीहरूले ओली समूहका विद्यार्थीहरुले आक्रमण गरेपछि घाइते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध नगराएको प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र शर्माले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?