काठमाडौँ, ४ फागुन । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीहरुलाई एकरदुई दिनमै सार्वजनिक गर्ने बताएका छन् ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा डिआईजी सुवेदीले आफूहरु अपराधीको निकट पुगिसकेकोले एकरदुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्ने बताएका हुन् ।
डिआईजी सुवेदीले भने, ‘यो घट्नामा संलग्न अपराधीलाई सार्वनिक गर्ने तयारीमा छौँ । अपराधी पत्ता लागिसकेको छ।’ उक्त घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी आँफै खटिएका छन् । उनी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बस्दै आएका छन्।




