चितवनमा प्रचण्डले अदालतमा चलिरहेको मुद्दाले देशलाई निकास दिने विश्वास गरे । उनले संविधानसम्मत ढंगले अदालतबाट प्रतिनिधिसभा पुनस्थापना हुने दावी गरेका छन्।

अध्यक्ष प्रचण्डले असंवैधानिक कदमबाट चुनाव हुन नसक्ने बताए । उनले असंवैधानिक कदमबाट भएको चुनाव अवैधानिक हुने भएकाले त्यस्तो चुनावले समस्या समाधान नगर्ने बताए ।

यही अवस्थामा चुनाव भए देश अराजकताको भूमरीमा पर्ने भएको भन्दै उनले देशमा दक्षिणपन्थी र वामपन्थी अतिवादी फैलन थाल्ने र देश भूमरीमा पर्ने बताएका छन् ।

उनले भने, ‘प्रचण्ड शान्तिपूर्ण राजनीतिमै रहन्छ तर संविधान मिच्ने काम गरियो भने नेपाली जनता चुप लागेर बस्दैनन् ।’

" /> प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, केही दिनमै फैसला आउँदैछ : प्रचण्ड - Sarbocha Media

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, केही दिनमै फैसला आउँदैछ : प्रचण्ड

`

     २०७७ फाल्गुन ०४ गते ६:३०

चितवन, ४ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रमै संसद पुनस्थापनाको फैसला आउने दावी गरेका छन् ।

चितवनमा प्रचण्डले अदालतमा चलिरहेको मुद्दाले देशलाई निकास दिने विश्वास गरे । उनले संविधानसम्मत ढंगले अदालतबाट प्रतिनिधिसभा पुनस्थापना हुने दावी गरेका छन्।

अध्यक्ष प्रचण्डले असंवैधानिक कदमबाट चुनाव हुन नसक्ने बताए । उनले असंवैधानिक कदमबाट भएको चुनाव अवैधानिक हुने भएकाले त्यस्तो चुनावले समस्या समाधान नगर्ने बताए ।

यही अवस्थामा चुनाव भए देश अराजकताको भूमरीमा पर्ने भएको भन्दै उनले देशमा दक्षिणपन्थी र वामपन्थी अतिवादी फैलन थाल्ने र देश भूमरीमा पर्ने बताएका छन् ।

उनले भने, ‘प्रचण्ड शान्तिपूर्ण राजनीतिमै रहन्छ तर संविधान मिच्ने काम गरियो भने नेपाली जनता चुप लागेर बस्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?