खोटाङ, ४ फागुन । नेपाली कांग्रेसकाका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफूसंगसंगै देशलाई पनि सती लगेको आरोप लागाएका छन्। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रमसहित बलियो उपस्थिती देखाउनु पर्ने समेत बताएका छन्।
नेपाली कांग्रेसका खोटाङले सोमबार आयोजना गरेको प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्धको वृहत विरोध सभामा बोल्दै नेता राईले कांग्रेसकाले नेतृत्व गरेर बनाएको संविधानको नेकपाले खुलेआम हत्या गर्दै देशको सुदुर भविष्य माथि खेलवाड गरेको बताए। नेता राईले कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर वहुमत दिदै गर्दा समेत त्यसको महत्व नबुझेर देशको दिर्घ भविष्यमाथि खेलवाड गरेकोमा ओली(प्रचण्ड प्रवृत्तिको घोर भत्सर्ना समेत गरेका छन्।
ओली र प्रचण्ड व्यक्ति मात्र नभइ एउटा प्रवृत्ती हो। यो प्रवृत्तिले कहिलै जनताको विश्वासलाई केन्द्रमा राखेन, सधैं सत्ता र भ्रष्टाचारको दुर्गन्धित खेलमा रमाएर बस्यो। हिजो पनि उनीहरु त्यही थिए र आज पनि उनीहरु त्यहि भएको आज प्रमाणित भइसकेको छ। यो प्रवृत्तिलाई जनताले बुझिसकेको र अब आम नेपाली जनताले प्रायश्चित गर्दै यो प्रवृत्तिलाई तिरस्कार बाहेक केही नदिने नेता राईले बताएका छन्।

कम्युनिष्टको नेपाली जनता माथिको प्रहारलाई गम्भीर चुनौती दिने अवसर प्रदान गरेको भन्दै नेता रविप्रकाशले जनताको ढलेको विश्वासलाई हामीले जगाउन आवश्यक रहेको बताए।
साथै नेता राईले हरेक सर्वसाधारण नेपाली जनतालाई संसद विघटन जस्तो अलोकतान्त्रिक र असंवैधानिक कदमको विरुद्धमा सशक्त ढंगले उभिनका लागि अपिल समेत गरे।




