एजेन्सी, ३ फागुन । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले उनको हृदयघातका कारण निधन भएको बताएको छ ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति रहेका थिए । उनले सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।




