काठमाडौँ, २ फागुन । महानगरीय प्रहरी बृत्त लैनचौरले दुर्लभ बन्यजन्तु भालुको पित्त सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभा चिचिला गा.पा. वडा न २ घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. बिष्णुमति बस्ने ३२ बर्षीय बिगुल राई रहेका छन् । दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भई रहेको भन्ने बिशेष सुचना प्राप्त भए पछि बृत्तको टोलीले भालुको पित्त सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रतिबन्धित भालुको पित्त १०३ ग्राम तौल र १ मोबाईल थान सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि ल्याएको जनाएको छ।




