आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा ५ देखि १५ फागुनसम्म विरोधका विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

उक्त कार्यक्रमअनुसार ५ देखि १२ फागुनसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्ला–जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना हुने भएको छ । यस्तै, ६ फागुनमा प्रतिगमन, भष्टाचार र महँगीको विरोधमा टुँडिखेल वरिपरि मानवसाङ्लोले घेर्ने जनाइएको छ ।

विरोधका कार्यक्रमहरू
क) ०७७ फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतको विरोध कार्यक्रम ।

ख) ०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलवरिपरि मानवसाङ्लो विरोध कार्यक्रम । समय अपराह्न ४ देखि ५ बजेसम्म ।

ग) ०७७ फागुन ७ गते देशव्यापी रूपमा सबै पालिकाका वडाहरूमा वडास्तरीय विरोध कार्यक्रम ।

घ) ०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम ।

ङ) ०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया कार्यक्रम ।

च) ०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारविरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम ।

छ) ०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम ।

ज) ०७७ फागुन ११ गते मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।

झ) ०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगन्जलगायतका सहरहरूमा विरोध प्रदर्शन र सभा ।

ञ) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवं मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता ।

ट) ०७७ फागुन १४ गते काठमाडौंमा युवा ऱ्याली ।

ठ) ०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम ।

" /> नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा, ५ देखि १५ फागुनसम्म देशैभर विरोध प्रदर्शन गर्ने - Sarbocha Media

नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा, ५ देखि १५ फागुनसम्म देशैभर विरोध प्रदर्शन गर्ने

`

     २०७७ फाल्गुन ०२ गते ९:४३

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा ५ देखि १५ फागुनसम्म विरोधका विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

उक्त कार्यक्रमअनुसार ५ देखि १२ फागुनसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्ला–जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना हुने भएको छ । यस्तै, ६ फागुनमा प्रतिगमन, भष्टाचार र महँगीको विरोधमा टुँडिखेल वरिपरि मानवसाङ्लोले घेर्ने जनाइएको छ ।

विरोधका कार्यक्रमहरू
क) ०७७ फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतको विरोध कार्यक्रम ।

ख) ०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलवरिपरि मानवसाङ्लो विरोध कार्यक्रम । समय अपराह्न ४ देखि ५ बजेसम्म ।

ग) ०७७ फागुन ७ गते देशव्यापी रूपमा सबै पालिकाका वडाहरूमा वडास्तरीय विरोध कार्यक्रम ।

घ) ०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम ।

ङ) ०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया कार्यक्रम ।

च) ०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारविरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम ।

छ) ०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम ।

ज) ०७७ फागुन ११ गते मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।

झ) ०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगन्जलगायतका सहरहरूमा विरोध प्रदर्शन र सभा ।

ञ) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवं मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता ।

ट) ०७७ फागुन १४ गते काठमाडौंमा युवा ऱ्याली ।

ठ) ०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?