काठमाडौँ, २ फागुन। विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।
बस्नेतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी हुन् । रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुर्जी जारी गर्ने तयारी गरीएको छ ।
‘मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ,’ काठमाडौँ प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले भने, ‘पक्राउ पुर्जी जारी गर्छौं ।’
काठमाडौँमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । तर सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरूबिचको सम्बन्ध मनमुटाब भएको थिए ।




