काठमाडौँ, ३० माघ। प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा आज प्रकाशन भएको छ ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७७/०६/३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालयमा संचालन भएको विस्तृत स्वास्थ्य परीक्षण परीक्षामा सहभागी उम्मेदवारहरू मध्ये उत्तीर्ण भएका उम्मेदवारहरुको नतिजा निम्न परीक्षा केन्द्र अनुसार प्रकाशन गरिएको छ ।









