बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताएको हो ।

उनले भने, ‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो ।’ हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।

अध्यक्ष दाहालले लोकतन्त्रको पक्षमा आफ्ना विचारहरु राख्नेमाथि ताला लगाउने काम भएको बताए ।

दाहालले भने, मलाई लाग्छ उहाँ छुटिहाल्नु होला । तर, उनीहरुले कहाँ हमला गर्न खोजेका छन् भने जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्यो । त्यो विचार, लोकतन्त्रमाथि ताला जगाउने षडयन्त्र भएको छ ।’

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

" /> प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड - Sarbocha Media

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

`

     २०७७ माघ २९ गते १०:०७

काठमाडौँ, २९ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताएका छन् ।

बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताएको हो ।

उनले भने, ‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो ।’ हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।

अध्यक्ष दाहालले लोकतन्त्रको पक्षमा आफ्ना विचारहरु राख्नेमाथि ताला लगाउने काम भएको बताए ।

दाहालले भने, मलाई लाग्छ उहाँ छुटिहाल्नु होला । तर, उनीहरुले कहाँ हमला गर्न खोजेका छन् भने जसले लोकतन्त्रको पक्षमा प्रखर ढंगले आफ्नो विचारहरु राख्ने काम गर्यो । त्यो विचार, लोकतन्त्रमाथि ताला जगाउने षडयन्त्र भएको छ ।’

दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?