साथै पछिल्लो २४ घण्टामा ९५ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७६ लाख ३९ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ८० हजार ९५७ जनामध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

" /> अमेरिकामा कोरोनाका कारण ४ लाख ७९ हजार भन्दा बढीको मृत्यु - Sarbocha Media

अमेरिकामा कोरोनाका कारण ४ लाख ७९ हजार भन्दा बढीको मृत्यु

`

     २०७७ माघ २८ गते ८:०३

एजेन्सी, २८ माघ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउने संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ९५ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७६ लाख ३९ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ८० हजार ९५७ जनामध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?