सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ । भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन भएको छ।

सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ । विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ ।

मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने भएको छ ।

केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे सुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट सुरू हुनेछ ।

अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले प्रतिगमनविरुद्धको विरोधसभा सहभागी हुन सर्वसाधारणलाई भिडियोमार्फत अपिल गर्नुभएको थियो । यसैबीच ट्राफिक प्रहरीले जुलुस र विरोध प्रदर्शनलाई मध्यनजर गर्दै ती स्थानहरुमा ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

" /> आज प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन - Sarbocha Media

आज प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

`

     २०७७ माघ २८ गते ७:००

काठमाडौँ, २८ माघ। नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौँमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रूपमा लिएको छ ।

सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ । भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन भएको छ।

सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ । विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ ।

मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने भएको छ ।

केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे सुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट सुरू हुनेछ ।

अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले प्रतिगमनविरुद्धको विरोधसभा सहभागी हुन सर्वसाधारणलाई भिडियोमार्फत अपिल गर्नुभएको थियो । यसैबीच ट्राफिक प्रहरीले जुलुस र विरोध प्रदर्शनलाई मध्यनजर गर्दै ती स्थानहरुमा ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?