यस्तै, काठमाडौं उपत्यकामा ७९ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं जिल्लामा ६७,भक्तपुरमा ५ र ललितपुरमा ७ जना रहेको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार २ सय १५ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ४ सय ३१ जना निको भएका छन् ।

" /> कोरोनाबाट थप १६० जनामा संक्रमित, २ को मृत्यु - Sarbocha Media

कोरोनाबाट थप १६० जनामा संक्रमित, २ को मृत्यु

`

     २०७७ माघ २७ गते १०:५४

काठमाडौँ, २७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६० जनामा संक्रमित पुष्टि भएका छन् । २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ७९ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं जिल्लामा ६७,भक्तपुरमा ५ र ललितपुरमा ७ जना रहेको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार २ सय १५ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ४ सय ३१ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?