महाशाखाको सादा पोशाकको टोलीले माघ १९ मा गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका–८ का २६ वर्षीय विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि मंगलबार नै महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ।​

मिजारले गितराज पाख्रीनको प्रदेश ३–०२–०११ प ७०१७ को पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरि प्रदेश ३–०२–०११ प ५२३६ नम्बर राखी चलारहेका बेला हिजो बौद्धबाट पक्राउ गरेको हो।

प्रहरीले उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगंज, कलंकीलगायतका स्थानबाट फेला पारेका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए। उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिए। चोरी भएको थाहा पाउन साथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा ‘लस्ट भेकल एप्लिकेशन’ मा लगइन गरेर निवेदन दिन र फेला परेको जानकारी समेत लिन सकिने व्यवस्था रहेको प्रमुख भट्टराईले जानकारी दिए।

महाशाखाले यस आर्थिक वर्ष २०७७/७८ मा २३३ वटा मोटरसाइकल नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाइकल जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाइसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सादा पोशाकमा खटिइ चोरसहित हराएका मोटरसाइकल पक्राउ गरी चोरी नियन्त्रण कार्यमा उत्कृष्ट कार्य गर्ने पीडित सहायता इकाइमा कार्यरत प्रहरी हवल्दार जिवराज पछाई र प्रहरी जवान हस्तबहादुर मगरलाई पुरस्कृत समेत गरिएको उनले जानकारी दिए।

" /> हराएको २५ वटा मोटरसाईकल खोजी गरी धनीलाई बुझायो - Sarbocha Media

हराएको २५ वटा मोटरसाईकल खोजी गरी धनीलाई बुझायो

`

     २०७७ माघ २७ गते १०:०५

काठमाडौँ, २७ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको विशेष अपरेशन टोली परिचालन गरेको छ। टोलीले चोरीमा संलग्न मानिससहित मोटरसाइकल नियन्त्रणमा लिएको हो।

महाशाखाको सादा पोशाकको टोलीले माघ १९ मा गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका–८ का २६ वर्षीय विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि मंगलबार नै महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ।​

मिजारले गितराज पाख्रीनको प्रदेश ३–०२–०११ प ७०१७ को पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरि प्रदेश ३–०२–०११ प ५२३६ नम्बर राखी चलारहेका बेला हिजो बौद्धबाट पक्राउ गरेको हो।

प्रहरीले उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगंज, कलंकीलगायतका स्थानबाट फेला पारेका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए। उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिए। चोरी भएको थाहा पाउन साथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा ‘लस्ट भेकल एप्लिकेशन’ मा लगइन गरेर निवेदन दिन र फेला परेको जानकारी समेत लिन सकिने व्यवस्था रहेको प्रमुख भट्टराईले जानकारी दिए।

महाशाखाले यस आर्थिक वर्ष २०७७/७८ मा २३३ वटा मोटरसाइकल नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाइकल जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाई समेत पक्राउ गरी चोरी मुद्दा चलाइसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सादा पोशाकमा खटिइ चोरसहित हराएका मोटरसाइकल पक्राउ गरी चोरी नियन्त्रण कार्यमा उत्कृष्ट कार्य गर्ने पीडित सहायता इकाइमा कार्यरत प्रहरी हवल्दार जिवराज पछाई र प्रहरी जवान हस्तबहादुर मगरलाई पुरस्कृत समेत गरिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?