प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।

उनी निमित्त कार्यकारी निर्देशक हुनुभन्दा अघि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए। शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् ।

" /> हितेन्द्रदेव शाक्य प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त - Sarbocha Media

हितेन्द्रदेव शाक्य प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

`

     २०७७ माघ २७ गते ६:१७

काठमाडौँ, २७ माघ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।

उनी निमित्त कार्यकारी निर्देशक हुनुभन्दा अघि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए। शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?