काठमाडौँ, २५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
देशभरका प्रयोगशालामा २ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ८३ जना पुरुष गरी कुल ११९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ । जसमध्ये २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर १ हजार ८१५ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ९३१ जना होम आइसोलेसनमा, ५६ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।




