काठमाडौँ, २२ माघ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याडेट पदमा २०० जना माग गरेको हो ।
उक्त विज्ञापन अनुसार सेनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै शररीरिक चोट पटक लागि सोही कारणबाट शररीरिक रूपमा अशक्र भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यृ भएको नेपाली सैनिकका सन्तती ५ महिना १८, आदीबासी तथा जनजाती २९, मधेसी २५, दलित १४, पिछडिएको ४ र खुल्लातर्फ १०५ जनाको माग गरिएको छ ।
इच्छुक उम्मेदवार फगुन २८ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।







