सिन्धुली, २२ माघ । सिन्धुलीमा आन्दोलनरत पक्ष र सरकार पक्षबिच तनाबको अवस्था सिर्जना भएको छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष र ओली पक्षबिच झगडा भएको छ ।
विपी राजमार्ग अन्तर्गत ढुंग्रेवासबाट आउदैँगरेका प्रचण्ड–माधव समूहका कार्यकर्ता र कनपा–७ माझिटारबाट आएका ओली समूहका कार्यकर्ताबिच झगडा भएको हो । ओली पक्षका नेता शान्तिमान कार्कीमाथि दुव्र्यवहार भएपछि झगडा भएको हो । यता, पुर्व घोषित कार्यक्रममा ओली पक्षका नेताकार्यकर्ताहरुले योजनाबद्ध रुपमा बन्दको उल्लंघन गर्न खोजेकाले त्यसको प्रतिवाद गर्दा मुठभेटको स्थिती बनेको प्रचण्ड–माधव पक्षका सिन्धुली अध्यक्ष लेखनाथ दाहाल राजनले जानकारी दिए ।
उनले भने, ‘यो हाम्रो पुर्व घोषित कार्यक्रम हो । हाम्रो कार्यक्रमको उनीहरुले अवरोध गर्नु पर्ने कुनै आवश्यकता नै छैन् । हाम्रो कार्यक्रममा अवरोध गर्न शान्तिपुर्ण आमहड्तालमा उनीहरुले अवरोध गर्न खोज्छन भने प्रतिवाद हुन्छ ।’
त्यसैगरि, सिन्धुलीमा कुनै पनि अप्रिय घट्ना नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्ष आभुषण तिम्सिनाले जानकारी दिए । उनले दुई पक्षबिच झगडा हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको बताएको छ ।




