काठमाडौँ २१ माघ । अखिल महिला क्रान्तिकारी महिला संघ क्रान्तिकारीले राष्ट्रपति विद्या भण्डारीमाथि भइरहेका व्यक्तिगत टीकाटिप्पणीप्रति भर्त्सना गरेका छन्।
हिजो एक विज्ञप्ति प्रकाशित गर्दै संघले संसद विघटनयता राष्ट्रपति भण्डारीमाथि महिला भएकै कारण भएका सामाजिक सञ्जाल र संचारमाध्यममा आएका विभिन्न राजनीति र व्यक्तिगत टीकाटिप्पणी भइरहेकाले यसलाई महिला समुदायमाथिको सिंगो आक्रमण भएको लेखेको छ।
साथै विज्ञप्तिमा संसद् विघटन असंवैधानिक भएको भन्दै यसको भर्त्सनासमेत गरेको छ। कुनै पनि व्यक्तिको चरित्र हत्या गर्ने राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले महिला आन्दोलनलाई कमजोर बनाउने काम भइरहेको संघले दुःख जनाएको छ।
यस्ता कार्यप्रति दुःख व्यक्त गर्दै महिला आन्दोलनलाई सशक्त रूपमा अघि बढाउन र उनीहरूको स्वाभिमानको सम्मान गर्न संगठनले अपिलसमेत गरेका छन्।




