उनलार्य मंगलबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचार क्रममा मृत्यु भएको हो। मंसिर २९ गते कोरोना पुष्टि भएपछि उनी पुस १३ गते अस्पतालमा भर्ना भएका थिए।

निमोनिया ,उच्च रक्तचाप र मधुमेहका कारण मृत्यु भएको अस्पतालले जनाएको केसीले बताए। पछिल्लो समय उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।

तुलसीपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। हालसम्म उपमहानगरमा कोरोना संक्रमितको संख्या ८१७ पुगेको छ भने ८१० जना निको भएका छन्‌।

​उपमहानगरमा अहिलेसम्म ३८१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्‌।

" /> कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु

`

     २०७७ माघ २० गते ७:३५

दाङ, २० माघ । कोरोना संक्रमणका कारण एक पुरुषको बाँकेमा मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का ६६ वर्षीय पुरुषको रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

उनलार्य मंगलबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचार क्रममा मृत्यु भएको हो। मंसिर २९ गते कोरोना पुष्टि भएपछि उनी पुस १३ गते अस्पतालमा भर्ना भएका थिए।

निमोनिया ,उच्च रक्तचाप र मधुमेहका कारण मृत्यु भएको अस्पतालले जनाएको केसीले बताए। पछिल्लो समय उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।

तुलसीपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। हालसम्म उपमहानगरमा कोरोना संक्रमितको संख्या ८१७ पुगेको छ भने ८१० जना निको भएका छन्‌।

​उपमहानगरमा अहिलेसम्म ३८१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?