अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन् ।’

उनले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । अध्यक्ष प्रचण्डले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा समेत गरेका छन्।

उनले नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्री विरुद्ध आन्दोलन गर्नु परेको र त्यो नेपाली जनताको हितका लागि भएको पनि बताए ।

प्रचण्डले दुई पार्टी एकता गरेर आफुहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागेपनि केपी ओली प्रतिगमनको गोटी बनेर संसद विघटन गर्नतिर लागेको बताए ।

नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको उनको भनाई छ । जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने पनि उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइराला निरंकुशता विरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै अब निरंकुशताका अगाडि आफु पनि अन्तिमसम्म लड्ने बताए ।

ओली समूहले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीका मान्छे सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङलाई जनताले भत्काइदिन्छन् र जनताले सेटिङ गर्छन्’ अदालतलाई सम्मान गर्ने तर सबैभन्दा ठुलो अदालत जनता नै भएको उनको भनाई छ ।

अब आफ्नो गुमाउनु केही नरहेको भन्दै प्रचण्डले भने, ‘मैले त भने नि अब गुमाउन केही पनि बाँकी छैन । अबको बाँकी जीवन नेपाली जनतालाई हो, नेपाली युवाहरुलाई हो । सम्मृद्धि, रोजगारी र सम्मानका लागि हो ।’

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले केपी ओलीले आफुप्रति अत्याचार गरेको भन्दै जनतालाई न्याय दिन भनेका छन् ।

प्रचण्डले भने, ‘आदरणीय जनसमुदाय मलाई न्याय चाहियो । केपी ओलीले ममाथि अत्याचार गर्न खोजे । म न्याय चाहान्छु । जसले त्याग र बलिदानको इतिहास बनायो त्यसलाई अपमान गर्ने र हुर्मत लिने काम भैरहेको छ ।’

उनले अझ अघि बढ्दै भने– ‘म निसन्तान, नपुंसक भइन के यो मेरो दोष हो ? केपी ओलीका छोराछोरी छैनन तर उनले कलंकको टिका लाए, छोराछोरी छैनन् भन्दैमा धर्म सन्तानलाई लुटाउने केपी ओली ठिक हुन् त ?’

" /> केपी ओलीको सेटिङ जनताले भद्रगोल बनाइ दिन्छन् : अध्यक्ष प्रचण्ड - Sarbocha Media

केपी ओलीको सेटिङ जनताले भद्रगोल बनाइ दिन्छन् : अध्यक्ष प्रचण्ड

`

     २०७७ माघ १६ गते १२:०५

विराटनगर, १६ माघ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको तर्क गरेका छन् ।

शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन् ।’

उनले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । अध्यक्ष प्रचण्डले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा समेत गरेका छन्।

उनले नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्री विरुद्ध आन्दोलन गर्नु परेको र त्यो नेपाली जनताको हितका लागि भएको पनि बताए ।

प्रचण्डले दुई पार्टी एकता गरेर आफुहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागेपनि केपी ओली प्रतिगमनको गोटी बनेर संसद विघटन गर्नतिर लागेको बताए ।

नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको उनको भनाई छ । जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने पनि उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइराला निरंकुशता विरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै अब निरंकुशताका अगाडि आफु पनि अन्तिमसम्म लड्ने बताए ।

ओली समूहले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीका मान्छे सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङलाई जनताले भत्काइदिन्छन् र जनताले सेटिङ गर्छन्’ अदालतलाई सम्मान गर्ने तर सबैभन्दा ठुलो अदालत जनता नै भएको उनको भनाई छ ।

अब आफ्नो गुमाउनु केही नरहेको भन्दै प्रचण्डले भने, ‘मैले त भने नि अब गुमाउन केही पनि बाँकी छैन । अबको बाँकी जीवन नेपाली जनतालाई हो, नेपाली युवाहरुलाई हो । सम्मृद्धि, रोजगारी र सम्मानका लागि हो ।’

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले केपी ओलीले आफुप्रति अत्याचार गरेको भन्दै जनतालाई न्याय दिन भनेका छन् ।

प्रचण्डले भने, ‘आदरणीय जनसमुदाय मलाई न्याय चाहियो । केपी ओलीले ममाथि अत्याचार गर्न खोजे । म न्याय चाहान्छु । जसले त्याग र बलिदानको इतिहास बनायो त्यसलाई अपमान गर्ने र हुर्मत लिने काम भैरहेको छ ।’

उनले अझ अघि बढ्दै भने– ‘म निसन्तान, नपुंसक भइन के यो मेरो दोष हो ? केपी ओलीका छोराछोरी छैनन तर उनले कलंकको टिका लाए, छोराछोरी छैनन् भन्दैमा धर्म सन्तानलाई लुटाउने केपी ओली ठिक हुन् त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?