उनले कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारवाही गर्ने बताएका छन्।

कर्मचारी र पेशाकर्मीहरू सहभागी हुनेहरूलाई रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरूले,’ प्रचण्डले भने, ‘अनि कारवाही गर्ने भनेर धम्की दिएको मैले सुनेँ। जुलुसमा को/को गए रेकर्ड राख्ने रे। म यो मञ्चबाट केपी र उनका गुटलाई चुनौती दिन चाहन्छु-एउटालाई छोएर देखाऊ।’

उनले कर्मचारीलाई नडराउन पनि आग्रह गरे।

‘तपाईंहरूलाई छिसिक्क एउटा रौं पनि हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्ने छौँ। छिट्टै जनताको सरकार आउने वाला छ। त्यसले केपी ओली र उनका गुटलाई कारवाही गर्ने छ।’

उनले ओलीलाई तह लगाउन आफूहरूले नसकेर जनतामा आएको पनि बताएका छन्।

ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए। साथै उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्।

‘देशलाई बरबाद हुने बाटोमा कसैले पनि भूमिका नखेलौं,’ उनले भने, ‘कसैले पनि अराजकताको साक्षी बस्ने छैनन् भन्ने विश्वास गर्दछु।’

ओलीले संविधान भत्काएको पनि उनको भनाइ छ।

" /> अब छिट्टै जनताको सरकार आउँछ : प्रचण्ड - Sarbocha Media

अब छिट्टै जनताको सरकार आउँछ : प्रचण्ड

`

     २०७७ माघ ०९ गते ११:०७

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै जनताको सरकार आउने बताएका छन्।

उनले कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारवाही गर्ने बताएका छन्।

कर्मचारी र पेशाकर्मीहरू सहभागी हुनेहरूलाई रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरूले,’ प्रचण्डले भने, ‘अनि कारवाही गर्ने भनेर धम्की दिएको मैले सुनेँ। जुलुसमा को/को गए रेकर्ड राख्ने रे। म यो मञ्चबाट केपी र उनका गुटलाई चुनौती दिन चाहन्छु-एउटालाई छोएर देखाऊ।’

उनले कर्मचारीलाई नडराउन पनि आग्रह गरे।

‘तपाईंहरूलाई छिसिक्क एउटा रौं पनि हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्ने छौँ। छिट्टै जनताको सरकार आउने वाला छ। त्यसले केपी ओली र उनका गुटलाई कारवाही गर्ने छ।’

उनले ओलीलाई तह लगाउन आफूहरूले नसकेर जनतामा आएको पनि बताएका छन्।

ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए। साथै उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्।

‘देशलाई बरबाद हुने बाटोमा कसैले पनि भूमिका नखेलौं,’ उनले भने, ‘कसैले पनि अराजकताको साक्षी बस्ने छैनन् भन्ने विश्वास गर्दछु।’

ओलीले संविधान भत्काएको पनि उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?