काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा बिहीबार आयोजना गरेको विरोधसभामा नेता पौडेलले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लागेको आरोप लगाएका छन्।

काठमाडौंका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए। काठमाडौँ–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि कांग्रेस एकजुट भएर अगाडि बढ्नु पर्ने बताए।

" /> देशलाई राजनीतिक अस्थिरतामा लगियो : रामचन्द्र पौडेल - Sarbocha Media

देशलाई राजनीतिक अस्थिरतामा लगियो : रामचन्द्र पौडेल

`

     २०७७ माघ ०९ गते ८:५०

काठमाडौँ, ९ माघ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् बिघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन्।

काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा बिहीबार आयोजना गरेको विरोधसभामा नेता पौडेलले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लागेको आरोप लगाएका छन्।

काठमाडौंका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए। काठमाडौँ–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि कांग्रेस एकजुट भएर अगाडि बढ्नु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?