कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिए । युवतीमा मृगौलाको समस्या सहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३ पुगेका छन् ।

" /> कोरोना संक्रमणबाट थप एक २५ वर्षीया युवतीको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणबाट थप एक २५ वर्षीया युवतीको मृत्यु

`

     २०७७ माघ ०९ गते ८:२७

पोखरा, ९ माघ। पोखरामा कोरोना संक्रमणका कारण थप एक २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिए । युवतीमा मृगौलाको समस्या सहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०३ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?